मोरङ । पछिल्लो समय नेकपामा देखिएको अन्तरविरोध नेकपानिकट विद्यार्थी संगठनमा पनि देखिन थालेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेपछि उनीनिकट अनेरास्ववियूका विद्यार्थी नेताहरूले छुट्टै भेला र प्रशिक्षण दिन थालेका हुन ।

यसैक्रममा उनीहरुले मंसिर १० गते अनामनगरस्थित मदन भण्डारी कलेजमा केपी ओली गुटका विद्यार्थी नेताले छुट्टै भेला आयोजना गरेका थिए । अखिलका संयोजक ऐन महर नै सो गुटको लागि परे पछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरीष्ठ नेता माधबकुमार नेपाल समूहका नेताहरूविरूद्ध लागेपछि प्रतिवादस्वरूप मंसिर १९ गते प्रचण्ड–माधव समूहका विद्यार्थीले पनि थापाथली क्याम्पसमा अर्को भेला गरे ।

यसैबीच त्यसको केहि समयमै ओली निकट विद्यार्थीहरुले १ नम्बर प्रदेश स्तरिय भेला सोमबार विराटनगरमा सम्पन्न गरेका छन। भेलालाई सम्बोधन गर्न अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरसहित ओली पक्षका केन्द्रीय विद्यार्थी नेताहरु विराटनगर पुगेका थिए।

प्रदेश स्तरीय भेलामा प्रदेशका १४ वटै जिल्लाबाट ओली निकट विद्यार्थी नेता सहभागी थिए । मोरङका क्याम्पस इकाई कमिटी अध्यक्ष र जिल्ला सदस्यलाई पनि भेलामा बोलाइएको थियो ।

विराटनगरको निहारिका कलेजमा आयोजना गरिएको भेलामा उल्लेखनिय सहभागिता नभएपछी कार्यक्रमको फोटो सार्वजनिक गरिएको छैन । भेलामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की बिशेष सहभागिता रहेको विशेष सुत्रबाट जानकारी आएको छ ।

चितवन घटनामा नेकपाका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गुटको भेला गरेको भन्दै ओली गुटका कार्यकर्ताहरुले दुरब्यावहार गरेका थिए तर अरुले भेला गर्दा गुट हुने तर ओली पक्षका खास बिधार्थिका नेता र पार्टीका केन्द्रिय स्तरका नेतानै यसरी गुट भेलामानै लागि परेको भनाइ र गराईमा नमिलपछि ओलिपक्ष आलोचना सुरु हुन थालेको सुन्नमा आउन थालेको छ ।

त्यसैगरी प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले पनि १ नम्बर प्रदेश भरीका बिभिन्न जिल्ला जिल्लामा भेला गर्ने र  मंसिर ३० गते बिराटनगरमा भब्य  भेलाको आयोजना गरीने अनेरास्ववियुका नेता वशिम आलमले बताए ।