इन्द्र नेपाली

तेह्रथुम,२७ मंसिर । निर्धारित समय भन्दा करिब २ घण्टा ढिलो तेह्रथुमको आठराई गाउँपालिका ईवा ४मा रहेको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद्को आंगिक तेह्रथुम बहुप्राविधिक शिक्षालयको शुक्रबार उद्घाटन गर्न पुग्नु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावसाली युवा नेता तथा एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनैपनि हालतमा नफुटने बताउनु भएको छ।

नेकपामा सानो विवाद मात्रै के देखिएको थियो।नेकपा फुटयो भन्दै सडकमा तालि बजाउदै कुदनेको लहर चलेको बताउनु भएको छ। नेकपा फुटेको सपना देख्नेहरु आँखामा केवल दिवा सपना मात्रै हुने उहाँको तर्क थियो।

प्रधान्त्री केपी शर्मा ओलिको ईच्छा चहाना अनुरुप तेह्रथुम बहुप्राविधिक शिक्षालयको स्थापन भएको बताउनु छ। देशले विकास र समृद्धि,सगै आधुनिक नेपाल निर्माण गर्ने नयाँ युगमा प्रवेश गरेको छ।देशमा राष्टिय विकासको लहर श्रृजना भए सगै जताततै नागरिकको मुहारमा खुसि छाएको छ।देशमा खुसि छ विकास निर्माणले फडको मारेको बताउनु भएको छ।संविधान र संघियताको कार्यन्वन गरि रहदाँ तिन वर्षमा ठुलो उपलव्धि प्राप्त भएको बताउनु भएको छ।स्थायि शान्ति,राजनितिक स्थायित्व,शुसानको बाटोबाट देशलाई विकासको वाटो तिर देश अघि बढेको बताउनु भएको छ।

देशका दुर्गम स्थानहरुमा सडक,स्वास्थ्य चौकि निर्माण ,खानेपानि,सिचाई,खेल मैदानदान निर्माण विधुतको पहुँच,प्रत्येक पलिकाहरुलाई अध्यारो पालिकालाई विधुतको पहुँच पुर्याई उज्यालो पालिका घोषणा गर्ने महान अभियानमा सरकार लागेको बताउनु भएको छ।सडक पहुचँ,सुद्ध पिउनेपानिको पहुचँ,सुलभ र सहज रुपमा स्वास्थ्य पहुँच पुराउन सरकारले प्रत्येक स्थानिय तहमा अस्पताल निर्माणमा सरकार एकसाथ लागेको बताउनु भएको छ।हरेक वडामा रहेका स्वास्थ चौकिको स्तर उन्नति गर्दै लैजाने बताउनु भएको छ।

मुलुकलाई अहिले प्राविधिक र व्यावसायिक जनशक्तिको खाँचो रहेको हुदाँ एक नम्वर प्रदेश सरकार बने सगै प्राविधिक शिक्षालाई उच्च प्राथमिक्तामा राखेर कानुन निर्माण गरि देशमा मा पहिलो प्राविधिक विश्व विधालयको स्थापना गरेको बताउनु भएको छ।संघियताको उपहार सिंहदरवारको पर्खाल भित्रको शासन गाउँ गाउँमा पुगेको छ।गाउँका कुना कुनाको विकासले तिव्रता लिएको बताउनु भएको छ।

131002483_438571227171630_5797418230584837714_n
सत्तारुढ दल (नेकपा)को शिर्ष नेतृत्वमा के सानो विवाद उत्पन्न भएको थियो।संघियताको विरुद्धमा मुलुकमा मानिसहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लागेको सरकारले बुझेको बताउनु भएको छ।संघियता खारेजको सपना नदेखे हुन्छ। बुझे हुन्छ नेपाल कम्युनिष्ट पार्टीको विवादको समधान आरामले हुन्छ।

जनता चहाना अनुरुप शान्तिको स्थायित्वको निम्ति,राजनिति स्थायित्वको चहानाको निम्ति,विकास र समृद्धिको निम्ति दुई ठुला पार्टीले चुनावमा गठबन्दन र पार्टी एकता भएको हो।नेपाली जनताको चहानालाई मुर्तरुप दिन स्थायि सरकारको चहानालाई पुरा गर्न पार्टी एकता भएको हो। नागरिकको चहाना अनुरुप देशै भरि नेकपा नेतृत्वको सरकारले विकासले गतिदिएको छ।

कानुन निर्माणको मात्रै होइन रेलमार्ग,सडक,राष्टिय गौरब योजना संन्चालनले संघियता र संविधान विरोधिहरु छटपटिएका छन,देस फेरि दन्दमा गए हुन्थियो भन्ने सपना देखेको बताउनु भएको छ।हजारौको वलिदानले ल्याएको संघियता खारेज हुदैन।राजा आउ देस बचाउ भन्नु नपार्ने बताउनु भएको छ।