काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफ्नाे कुनै संलग्नता नरहेकाे बताउनुभएकाे छ । प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिकाे आज बसेकाे बैठकमा मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफ्नाे कुनै संलग्नता नरहेकाे प्रष्ट पार्नुभएकाे हाे ।

स्वास्थ्य सामग्री खरीदमा अनियमिता भएको देखिए आफू कारबाही भोग्न तयार रहेको उहाँले बताउनुभयाे ।'स्वास्थ्य सामग्री खरीदमा मेरो संलग्नता छैन, संलग्नता भएकाे पुष्टि भए कारवाही भोग्न तयार छु'- उहाँले भन्नुभयाे । अनियमिततामा संलग्नलाई कारवाहीका लागि आफ्नो पनि साथ रहने पनि उहाँले प्रष्ट पार्नुभयाे ।

विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरीदमा केही महँगो परेकाे समेत उहाँले प्रष्ट पार्नुभयाे । समितिकाे आज बसेकाे बैठकले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएकाे ठहर गर्दै साे प्रकरणमा थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगलाई लेखी पठाउने निर्णय गरेकाे छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत ०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो । साे प्रकरणमा अनियमितता भएकाे लेखा समितिकाे ठहर छ ।