काठमाडौं, ४ पुस । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खुमलटार छलफलमा आफूविरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगको आज बिहान खुमलटारमा भएको छलफलमा ओलीले आफूविरुद्धको प्रतिदेवन फिर्ता लिन आग्रह गरेका हुन् ।
स्रोतका अनुसार ओलीको सो आग्रह प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् । छलफलमा उपस्थित गौतम भने ओलीले गरेको आग्रहप्रति मौन रहेका स्रोतले जानकारी दिएको छ । तर ओलीले भर्खरै जारी भएको संवैधानि परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे भने केहि पनि कुरा गरेनन् । डेढ घण्टासम्म प्रचण्डबीच छलफल गरेपछि ओली गृहमन्त्री रामबहादुरलाई भेट पुल्चोक पुगेका छन् ।नयाँपेजबाट


