इटहरी,१७ पुस ।अल्पमतमा परेको संसदीय दलको नेताले निलम्बन गरेको भन्दैमा निलम्बन नहुने सांसद लक्ष्मण तिवारीले बताएका छन ।

बहुमत गुमाई सकेको संसदीय दलको नेताले कारवाही गर्ने नैतीक र कानुनी आधार हुदैन उहा मुख्यमत्रीले के कारणले निलम्बित गराउने कुरा गराउनु भयो त्यो कुराको स्वीकार्य नहुने उनले बताए ।

अनलाइन सगरमाथा संगको कुराकानीमा सांसद तिवारीले प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाइ मुख्यमन्त्रीमा नियुक्ती गर्ने ब्यावस्था छ र निजको अध्यक्षतामा प्रदेश मन्त्री परिषद गठन हुनेछ भनेको छ ।हाम्रो नेपालको संबिधान धारा १६८ को (१) यो व्यवस्था गरीएकोछ ।

नेकपाको बहुमत सदस्यहरुबाट संसदीय दलको नेताको रुपमा भीमप्रसाद आचार्यलाई चयन गरी सकिएको छ । अव संबिधान धारा १६८ को (१) अनुशार मुख्यमन्त्री नियुक्तीको लागि प्रदेश प्रमुखको मा जाने कुरा बताए ।

नेकपा तेह्रथुम जिल्ला कमिटी अध्यक्ष समेत रहेका सांसद तिवारीले राष्ट्रीय सहमतिको जस्तै गरेर प्रदेश सरकारमा पनि कांग्रेस लगायतका पार्टीहरुसंग सहकार्य हुने बताए ।