गौर । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रिय सदस्य एवं पुर्व संविधान सभा सदस्य बबन सिंह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । उनी किन ओलीको शरणमा गए भन्ने अहिले सवत्र चासोको बिषय भएको छ ।

सिंह २०६४ सालको पहिलो संविधान सभामा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए । सिंह रौतहट जिल्लाको गरुडामा नेकपा ओली समुहद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा जसपा परित्यागगरि नेकपामा प्रवेश गरेका हुन् ।उनलाई एकताका प्रचण्डका विश्वासपात्र तथा अहिले ओलीका मन्त्रीपरिषद् सदस्य प्रभू शाहले स्वागत गरेका थिए । २ दर्जन भन्दा बढी माओबादीको ह त्यामा सिंह मुख्य नाइके रहेको गौर घटनाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजदेवी नगरपालिकाका उपमेयरमा जनता समाजवादी पार्टीबाट सिंहकी श्रीमती निर्वाचित छन् । श्रीमती जसपामा भए पनि श्रीमान् नेकपामा शरण लिन पुगेका छन् । दोस्रो संविधान सभाको निर्वाचन तथा २०७४ को प्रतिनिधि सभाको चुनावमा जमानत गुमाएका र २०६३ चैत्र ७ गते भएको गौर ह त्या काण्डका मुख्य आरोपित रहेका सिंहले मधेशवादी दलका शीर्ष नेताले ग द्दा री गरेको कारण बाध्य भएर पार्टी परित्याग गरेको बताए । 
nepali viral news बाट