काठमाडौं,१३ माघ । पार्टी एकताको लागी जस्तोसुकै त्याग गर्न तयार रहेको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताएका छन । मंगलबार अनलाइन सगरमाथा संगको कुराकानीमा गौतले बताएका हुन् । त्यसैले नेकपा रास्ट्रीय एकता अभियानको भोली घोषणा कार्यक्रम हुने र यसको बिचार र अवधारणा पत्र समेत सार्वजनिक गरीने गरीने नेता गौतमले बताए ।

ललितपुरको धाेबिघाट स्थित सिद्धार्थ कटेज पार्टी प्यालेस एकता अभियानको बुधबार ११ बजे घोषणा कार्यक्रम हुने भएको हो । सो अभियानमा नेकपा उपाधक्षय बामदेब गौतमको नेतृत्वमा ७ सय भन्दा बढीको संख्यामा केन्द्रिय अभियान बन्ने नेता गौतमको सचिवालयले जानकारी दिएको छ ।

सुरुमा ५ सय एक जनाको संख्यामा कमिटी निर्माण गरिने भनिएकोमा अभियानमा बस्ने हरुको लहर बढ्दै जान थाले पछि सात सय भन्दा बढीको कमिटी निर्माण हुन् लागेको यभियान सचिवालयले जानकारी दिएको छ । यो अभियान प्रदेश जिल्ला,पालिका स्तर, वडा र गाउ तह सम्ममा घोषणाहुने ति कमिटीहरुले सवै ठाउहरुमा पार्टी एकताको लागि दवाब सिर्जना गर्नेछ अहिले दुइ पार्टीहरु फुटिसकेको अवस्था छैन निर्वाचन आयोगले पनि एकताकै पक्षमा निर्णय गरेर आएको छ। त्यहिकुरालाई बलपुग्नेगरी सपूर्ण पार्टी पंती,कार्यकर्ताहरुलाई कुनै पनि गुट फुटमा नलागी ,एकले अर्कोलाई आरोप प्रत्यारोप नगरी दुवैलाई मिलेर आउन अव साच्चिकै नेकपालाई एकतामा बलियो बनाउन अभियानलाई सफल पार्न एकजुट हुनु पर्ने सचिवालयले आव्हान गर्दै यसको बिचार र अवधारणा पत्र सार्वजनिक गर्ने भएको छ ।

यो अभियान निरन्तर चलिरहने संसद बिगठन या पुनर्वाहाली जे अवस्था रहेपनि कसैले गालीगलौज नगर्ने र मिलेर जाउ भन्ने अवस्था रहन्छ यदि अलग अलग पार्टीको अवस्था रहेपनि चुनावमा मिलेर जाउ भन्ने सम्मको अभियानले गर्ने सचिवालयले बताएको छ । पार्टी फुटको संघारमा पुगेको अवस्थामा रास्ट्रीय एकताको अभियानले आम कार्यकर्तामा आशाको किरण पलाएको र उत्साहित समेत भएको पाइएको छ ।

https://onlinesagarmatha.com/news/3628