बनेपा,२४ साउन । काभ्रे एमालेभित्र ओली समुहले हामी जिल्ला कमिटीमै ५९ सदस्य छौ भनेर दावि गरिरहँदा तीन जना सदस्य मात्रै रहेको भनिएको नेपाल समुह निक्कै आक्रमम देखिएको छ । तत्कालिन जिल्ला उपाध्यक्ष तथा एकलौटी रुपमा ओली समुहले अध्यक्ष घोषणा गरेका अशोक व्याञ्जू मेयर भएको धुलिखेल नगरपालिकामा माधव पक्षीय तीन जनाले अगुवा कार्यकर्ता भेला गरेर ओली समुहको पकड भनिएको क्षेत्रमा धावा बोलेका छन् ।

231833276_210331181104580_6967619381611167854_n (2)

हामी काभ्रेका १३ वटा स्थानीय तहमै बलियो छौ भनेर सन्देश दिने हिसाबले शनिबार बृहत कार्यकर्ता भेला आयोजना भएको छ । भेलामा देखिएको उपस्थितीले धुलिखेलमा नेपाल समुह कमजोर नदेखिएको पुष्टि हुन्छ । त्यसो त मेयर व्याञ्जूका साइबर सेनाहरु धुलिखेलमा यति धेरै सकृय भएका छन् की सामान्य नागरिकले नेपाल समुहको बिचारधारमा आधारित रहेर केही दृष्टिकोण राखेमात्रै पनि त्यसको खण्डन गर्न पुगिहाल्छन् ।

224960122_835036020719667_4178351422110899863_n (2)

शनिबार काभ्रेमा ओजनदार नेताहरुको उपस्थितीमा धुलिखेल नगर कमिटी गठन गरेर ओली समुहमाथि नेपाल समुहले नैतिक दवाव नै सृजना गराएका छन् । धुलिखेल नगर कमिटीको अध्यक्षमा दयासागर श्रेष्ठ चुनियसँगै ओली समुह धुलिखेलमा भत्कन लागेको आभाष स्थानीयले गर्न थालेको बताउँछन् । धुलिखेल बुझेका र जनताले पत्याएका नेता दयासागरप्रति धुलिखेलका स्थानीयको औधी झुकाव छ । उनी धेरै कुरामा योजना बनाउन सक्ने, जनताको काम गर्न सक्ने त्यागी नेता हुन् ।

227408526_146128434248412_5373817073231828478_n (2)

युवाहरुले पनि धुलिखेलमा निक्कै राम्रो काम गरेका छन् । शैलेन्द्र पराजुलीको संयोजकत्वमा युवा संघ, गोविन्द कुइकेलको संयोजकत्वमा अखिल, सानु विकको संयोजकत्वमा नेपाल उत्पिडित जातीय मुक्ती समाज, आत्मराम पोखरेलको संयोजकत्वमा अखिल नेपाल किसान सघ, गंगा भट्टराइको संयोजकमा अखिल नेपाल महिला संघ गठन गरेसँगै नेपाल समुह धुलिखेलमा थप चलायमान बनेको छ ।

संविधान सभा सदस्य विदुर सापकोटा, एमाले काभ्रेका निर्वाचित अध्यक्ष टोकबहादुर वाइवा, प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धरा हुँमागाई, जिल्ला सचिव दीपक गौतम, युवा संघका सचिव भेषराज शाह लगायतको उपस्थिती रहेको थियो । काभ्रे हेडलाइन डटकम बाट