काठमाडौं, २८ साउन । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि हदैसम्मको लचकता अपनाएको भएपनि अध्यक्ष केपी शर्मा ओलीले एकताको बाटो बन्द गरेकोले पार्टी फुटको संघारमा पुगेको बताएका छन् ।
बुधबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद् र संविधान जोगाएकोले माधव नेपाल गद्दार नभएर राष्ट्रिय हिरो भएको पनि बताए ।
प्रस्तुत छ नेता नेपालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश
अब नेकपा (एमाले) फुट्यो भनेर सबैले भनेका छन् नि, फुटेकै हो त ?
फुटिसकेको त छैन, त्यो फुटको संघारमा नै छ ।हिजोको निर्णयले त अब एकता नहुने भयो ।भन्ने कुरा आएका छन्, माधवकुमार नेपालबिनाको पार्टी बनाउने केपी ओलीको घोषणा भयो रे नि त ?हामी माधवकुमार नेपाल पक्षका साथीहरु यही साउन २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बस्यौँ ।
हामीले एकताको लागि प्रयत्न गर्ने भनेर फेरिपनि छलफल ग¥यौं । पार्टी एकता नै अहिले हाम्रो लागि प्रमुख कार्य हो भनेर छलफल गयौँ । निर्णय गयौँ । हामीसंग भएका एकताको प्रयास गर्नुभएका स्थायी कमिटीका साथीहरुले पनि केही कुरा राख्नुभयो ।
पार्टी एकता हुन्छ हामीले दश बुँदे तयार गरेका छौँ । दश बुँदेलाई आधार बनाएर केही अरु पनि थपथाप गर्दै त्यसलाई परिमार्जन गरेर हामी एकतमा जान सक्छौा भन्नेखालको कुरा गयौँ । त्यही कुरा हामीले उहाँहरुलाई के पनि भन्यौँ ।
भने तपाईँहरु अहिले यो पार्टी सदस्यता रिन्यू गदै हुनुहुन्छ, बिभिन्न खालका विधान अधिवेशन भन्दै तपाईँहरुले विभिन्न खालका वडासम्मको अधिवेशनका कुराहरु तोक्नुभएको छ । पहिला यो एकता प्रक्रियालाई ।
हामीभित्रको विवादलाई समाधान गरौँ त्यसपछिका कुरा अगाडि बढाउला यो कुरा रोक्नुहोस् भनेर हामीहरुले उहाँहरुलाई खबर गर्यौ । तर, हिजोको बैठकबाट त्यो राकिएन उहाँहरुले आफ्नो ढंगबाट अगाडि बढ्ने नीति लिनुभयो । त्यस्तो देखिएको छ ।




















