सर्लाही, १० कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ मा नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालीक अनावरण गरिएको छ । नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले बुधबार बिहान ११ बजे एक कार्यक्रमका वीच श्रेष्ठको सालिकअनवरण गरेका हुन्।

विभिन्न कार्यक्रमका लागि सर्लाही आएका पुर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष नेपालले प्रदेश सभा सदस्य बेची लुंगेलीको क्षेत्र विकास कोषको करिब १ करोडको लागतमा निर्माण भएको पुष्पलालको सालीक अनावरण गर्नु भएको नेकपा (एकिकृत समाजवादी) सर्लाहीका नेता चुडामणी वाग्लेले जानकारी दिए।
प्रदेश सभा सदस्य बेची लुंगेलीकोको क्षेत्र विकास कोषको करिब १ करोडको लागतमा पुष्पलालको सालीक तथा सो क्षेत्रमा घेरावेरा र लालबन्दी नगरपालिका १६ वडा कार्यालयको सहयोगमा खानेपानी ट्यांकी व्यावस्थापनको काम भई रहेको छ ।

पुर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष नेपालले यस अघि लालबन्दी नगरपालिका ५ मा निर्माण भएको महिला भवनको उद्धघाटन गरेको थिए । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नु आएका उनले हिजो (मंगलबार) हरिवन नगरपालिका ५ को वडा कार्यालयको उद्धघाटन गरेका थिए भने जिल्लाका पार्टीका नेताहरुसंग देशको पछिल्लो राजनैतिक अवस्थाको वारेमा समेत छलफल गर्नु भएको नेकपा (एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए।

त्यसै गरी आजनै नेकपा(एस)को जिल्ला कमिटीको घोषणा कार्यक्रम सम्पन्न भएको छ । बुधबार सर्लाहीको परवानीपुर(लालबन्दी)मा भएको बृहत जनसभा बाट जिल्ला कमिटीको घोषणा भएको हो । सुरेन्द्र लामाको अध्यक्षमा एक सय साठी सदस्यीय रहेको जिल्ला कमिटीमा उपाध्यक्षमा देवेन्द्र राय र सचिवमा गोबिन्द अधिकारी रहेका छन ।



















