धनगढी, १७ फागुन । नेकपा एकीकृत (समाजवादी) का प्रदेश कमिटी सदस्य डिठ्ठा राना सोमवार नेकपा (एमाले) मा प्रबेश गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्यसमेत रहेका लालाझाडी गाउँपालिका–३ का बासिन्दा राना धनगढीमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रबेश गरेको जिल्ला कमिटी सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । नेकपा एमालेको चुनाव केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमूखिकरण कार्यक्रममा रानाले एमाले प्रबेशको घोषणा गर्नुभयो ।

पार्टी प्रबेश कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्जार्ज लेखराज भट्टलगायत नेताहरुको उपस्थिति रहेको थियो । संसदबाट एमसीसी सम्झौता पारित भएपछि नेकपा एकीकृत (समाजवादी)र माओवादीका कतिपय नेता–कार्यकर्ताहरुले नेतृत्वप्रति असहमति राख्दै पार्टी परित्याग गर्न थालेका छन् ।