काठमाडौं,१६ चैत । बरिष्ठ गायक लाक्पा शेर्पा सहित नेकपा (एस) मा प्रवेश गरेका छन । मंगलबार गायक शेर्पा सहित अरुण ज्योति विद्या मन्दिरका प्रिन्सिपल छेवाङ छेदर भोटिया र लुम्बिनी बिगिनर्स एकेडेमीका भाईस-प्रिन्सिपल पारस बस्नेत रहेका छन ।
नवप्रवेशीहरुलाइ नेकपा (एस)का नेता सम्मानित नेता झलनाथ खनालले डल्लु स्थित आफ्नै निवासमा एक कार्यक्रमका बिच खादा लगाई पार्टीमा स्वागत गरेको युवा संघ नेपालको सचिवालय सदस्यतेन्जिङ भोटियाले जानकारी दिए ।
ईलामको चमैतामा जन्मिएका गायक शेर्पाले "झस्केर दुख्छ यो मुटु मेरो"-"ए कान्छा मलाई सुनको तारा खसाई देउन ' भन्ने चर्चित गितबाट चर्चा कमाएका उनले दुई सयभन्दा भन्दा बढी गितहरु गाइ सकेका छन ।



















