बाँके,२४ चैत । नेकपा (एमाले) छोडेर नेकपा समाजवादी एकीकृत गएका बाँकेका नेता, कार्यकर्ता फेरी नेकपा (एमाले) मा नै फर्कने भएका छन् । यसरी फर्कनेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापा पनि छन् ।
यस्तै, नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङ पनि पुरानो मूल पार्टीमा नै फर्कने भएसँगै नेकपा (एस)लाई बाँकेमा ठूलो धक्का लाग्ने भएको छ । उनीसँगै लगभग ५ सय कार्यकर्ता पनि पुरानो पार्टीमा समाहित हुने भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आज उनीहरूलाई एमालेमा स्वागत गर्दैछन् । एसका उपसचिवको नेतृत्वमा पाँच सयभन्दा बढी नेकपा एसका कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।



















