नेपालगञ्ज, २४ चैत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बाँकेमा रित्तिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजित एक कार्यक्रमबीच सो पार्टीका ९० प्रतिशत नेताहरु एमाले भित्र्याउनु भएसँगै बाँकेमा समाजवादी रित्तिएको हो ।

unnamed-1-768x512

नेकपा समाजवादी पार्टीको खम्बाका रुपमा परिचित किशोर थापाको नेतृत्वमा सो पार्टीका १२ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा फर्किनुभएको हो । उहाँसँगै फर्किनेमा सितापुर एल गाउँ खजुराबाट ५७ घर, डि गाउँ खजुराबाट दुर्गा खत्रीलगायत ७५ जना, बि गाउँ खजुराबाट युवा नेता बिकास काउचा सहित १२५ जना, स्कुल बिभाग प्रमुख किरण ढकाल, समाजवादी प्रेस सगठनका जिल्ला सचिव रामु वली सहित अधिकांश पदाधिकारी, बैजनाथका शसक्त युवा राजु रुचाल लगायत १२ सय जना रहेका छन् ।

277805577_4450875475014207_7635264402184972959_n-576x768 (2)

सोही कार्यक्रममा डुडुवाकी महिला नेतृ सरोजकुमारी यादव पनि एमाले प्रवेश गर्नुभयो । पूर्व गाविस अध्यक्ष रहेनुभएका उहाँ राजनीतिमा शक्तिशाली मानिनुहुन्छ भने एमालेमा प्रवेशले बिशेष अर्थ राख्छ । पार्टी प्रवेशपछि उत्साहित बन्नुभएका अध्यक्ष ओलीले गठबन्धनलाई धुलो चटाउने बताउनुभयो । ओलीले अहिलेको सरकार बिदेशी प्रतिक्रियावादीहरुको गठजोड भएको पनि बताउनुभयो । एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराउदै बिहीबार अध्यक्ष केपी शर्मा ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनुभयो ।

बाँकेमा यसअघि समाजवादी पार्टी प्रवेश गर्नुभएको नेता प्रमोद धिताल एमाले फर्किसक्नु भएको छ । यस्ता अन्य कयौं नेता कार्यक्रता घर फर्किएपछि आत्तिएका समाजवादीका नेताहरुले कारवाहिको नाटक गरेपछि सामाजिक सन्जालमा उनीहरुकै खिल्ली उडाउन थालिएको छ ।

धितालले नै समाजिक सन्जालमा समाजवादी पार्टीका सचिव दिपक जिएमप्रती मजाक गर्दै भन्नुभयो, ‘अब कारवाहिको बिज्ञप्ति निकाल्ने सचिव मात्र समाजवादिमा रहन्छन। अझ केहिले त सचिव समेत समाजवादीमा नरहने भन्दै मजाक गरेर सामाजिक सन्जालमा टिप्पणी गरेको देखियो ।’