बेलबारी,२ वैशाख । मोरङको बेलबारी नगरपालिकाको ३ नम्बर वडामा नेकपा एमालेले सर्वसहमत उम्मेदवार चयन गरेको छ । शुक्रबार बसेको वडा कमिटी तथा वडा संयन्त्रको बैठकले वडाका लागि आवश्यक सबै उम्मेदवार सर्वसहमत चयन गरेको हो ।

वडा अध्यक्षमा योगेन्द्र सुवेदी, खुल्ला सदस्यमा चन्द्रबहादुर राई,भोगेन्द्र राई महिला सदस्यमा बिमला तामाङ र द्लित महिला सदस्यमा तारा परिवार लाई उम्मेदवार चयन गरेको हो । चयन भएका अध्यक्षका उम्मेदवार योगेन्द्र सुबेदी र खुल्ला सदस्यमा चन्द्रबहादुर राईलाई पार्टीले पुन उम्मेद्वार चयन गरेको छ ।

278565511_1671082226573210_6001532861889376467_n (1)

बेलबारी नगरपालिका वडा २ वडा अध्यक्षमा नेकपा एमालेले कृष्ण गुरुङ लगायत सदस्यहरु र ४ नम्बर वडाको अध्यक्षमा सुबिद बस्नेत लगायत सदस्यहरु केहीदिन अघिनै सर्वसहमत रुपमा उम्मेद्वारहरु चयन गरीसकेको छ ।