आङकाजी शेर्पा 

म आज ज्यादै नै हर्षित छु । किनकी म लगायत साथीहरु यस्ताे घरमा प्रवेश गरेकाछाैं की नेकपा एमालेले मात्र याे देशकाे सार्वभाैमिकता बचाउन सक्छ । याे देशकाे स्वाधिनता जाेगाउन सक्छ । समृद्ध नेपाल र सुखी नेपालीकाे सपना साकार गर्न सक्छ ।

नेकपा एमालेबाहेक याे देशलाई अरु कुनै पार्टीले नेतृत्व गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेकाे छु । हाम्रा आदरणीय अध्यक्ष कमरेड २-२ पटक प्रधानमन्त्री हुँदा याे तथ्य पुष्टि गरिसक्नुभएकाे छ । चाहे नाकाबन्दीकाे समयमा उहाँले देखाउनुभएकाे राष्ट्रियताकाे अडान हाेस् चाहे चीनसँग पारवहन सम्झाैता । नेपालकाे गुमेकाे भूभाग समेटेर चुच्चे नक्सा जारी गर्ने असाधारण काम उहाँकै नेतृत्वमा सम्भव भयाे ।

अहिले सत्तामा रहेकाहरुले उहाँजस्ताे साहसिक नेतालाई अनेक तिकडम लगाएर सत्ताबाट हटाउँदा देश टुहुराे बनेकाे छ । राष्ट्रले फेरि उहाँकाे नेतृत्व खाेजिरहेकाे छ ।

हरेक युवाहरुकाे ढुकढुकी हिमाल पहाड तराईकाे विश्वासकाे धराेहर अध्यक्ष कमरेड केपी शर्मा ओली र उहाँकाे नेतृत्वमा नेकपा एमाले मात्र याे देशकाे निर्विकल्प शक्ति हाे त्यसकारण एमालेकाे एकीकृत शक्ति निर्माण गर्न ढिलाइ गर्न हुन्न भन्ने निष्कर्षसहित एमालेमा आज हामी प्रवेश गरेका हाैं ।

यसभन्दा पहिले म कांग्रेसकाे १४औं महाधिवेशन प्रतिनिधि थिएँ । पार्टीमा लामाे समय जिम्मेवार नेताकाे रुपमा क्रियाशील थिएँ । तर नेपाली कांग्रेस अब कांग्रेस पार्टी रहेन । कांग्नेसकाे नीति, विचार सम्पूर्ण रुपमा ध्वस्त भइसकेकाे छ । याे पार्टी परिवारवाद र गुट-उपगुटकाे फाेहाेरले थुप्रिएकाे डंगुर मात्र भएकाे छ । अब याे देश नेपाली कांग्रेस जस्ता झुण्डहरुबाट चल्दैन भन्ने प्रष्ट छ ।

म सम्पूर्ण कमरेडहरुमा प्रतिबद्धता जनाउन चाहान्छु । नेकपा एमाले पार्टी जाेगाउन हामी निर्विक सिपाही बनेर उभिनेछाैं । एमालेकाे विधि र विधानलाई आत्मसाथ गरेर पार्टीलाई जिताउन हदैसम्मकाे मेहनत गर्नेछाैं । वैशाख ३० मा हुन गइरहेकाे स्थानीय तहकाे चुनावमा साेलुखुम्बुका सबै स्थानीय तहमा हाम्राे जित सुनिश्चित छ भन्ने विश्वास दिलाउन चाहान्छु । किनकी देश चलाउने पार्टी भनेकाे नेकपा एमाले मात्र हाे । देश जाेगिए राजनीति जाेगिन्छ । राजनीति जाेगिए लाेकतन्त्र र गणतन्त्र जाेगिन्छ । व्यवस्था जाेगिए देशकाे विकास हुन्छ,समाजकाे रुपान्तरण हुन्छ । समाजकाे रुपान्तर हुन सके मात्रै हामी समृद्ध हुनेछाैँ ।

अन्त्यमा, मसहित आज एमालेमा प्रवेश गर्ने सम्पूर्ण कमरेडहरुलाई न्यानाे स्वागत गरिदिनुभएकाेमा हार्दिक आभार प्रकट गर्दछु । याे कार्यक्रमलाई विशेष महत्व दिनुभइ व्यस्तताका बावजुत साेलुखुम्बुमा आउनुभएका अध्यक्ष कमरेडसहित सम्पूर्ण कमरेडमा हार्दिक आभार प्रकट गर्दछु धन्यवाद ।

(नेपाली कांग्रेस परित्याग गरी साेमबार एमाले प्रवेश गर्ने क्रममा आङकाजी शेर्पाले गर्नुभएकाे सम्बाेधनकाे सम्पादित अंश)