कपिलवस्तु,६ बैसाख ।नेपाली काँग्रेस कपिलवस्तुका प्रभावशाली २ नेता एमाले प्रवेश सँगै बुद्धभूमि र महाराजगन्ज नगरपालिकामा हुने स्थानीय निर्वाचनमा काँग्रेसलाई सकस हुने देखिएको छ ।

नेपाली काग्रेसको निर्वाचन क्षेत्र न २ का सचिव गंगेश तिवारी , महाराजगन्ज नगरपालिका वडा ११ का निर्वाचित वडाध्यक्ष जगदीश तिवारी , वडा सदस्य रामपति यादव , वनसपति काेरी लगायत २५० जना नेकपा एमाले पार्टी मा प्रवेश गर्नु भएको छ ।

युवा नेता गंगेशनाथ तिवारी महाराजगन्ज नगरपालिकामा मात्र नभई बुद्धभूमि नगरपालिकाको वडा नं. ६,७र८ मा समेत प्रभाव रहेको छ । आजिवन राजनिती गर्दै आएका तिवारी परिवारको एमालेमा इन्ट्रीलाई लिएर नेपाली काँग्रेसमा समेत चर्चाको विषय वनेको छ ।
काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको विश्वासनीय पात्र समेत रहेको गंगेशनाथ तिवारी शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष समेत हुनु हुन्छ ।

उहाँहरुलाई पार्टी प्रवेश गराउन एमाले नेता तथा संघिय सांसद विज्रेश कुमार गुप्ता, प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेल, महाराजगन्ज नगरपालिका मेयरका आकांछी रामदास चौधरी महाराजगन्ज निर्वाचन सम्पर्क कार्यालयमा पुग्नु भएको थियो ।

प्रवेश कार्यक्रममा बोल्दै नेता गुप्ताले मधेसको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो । नेता गुप्ताले एमाले प्रति मधेशमा जनलहर बढेको बताउँदै कपिलवस्तुमा एमालेले सबै भन्दा धेरै सिट जित्ने दाबी गर्नु भयो ।

। कार्यक्रममा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेलले कपिलवस्तुमा एमाले पहिलो पार्टी हुने दाबी गर्नु भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी,

एमाले महाराजगन्ज अध्यक्ष निजामुद्धीन खान, युवा नेता रामदास चौधरीले जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रम महाराजगन्ज नगर सचिव सन्तोष त्रिपाठीले सञ्चालन गर्नु भएको थियो ।