बिराटचोक,७ बैशाख । मोरङको सुन्दरहरैचा नगरपालिकाको ९ नम्बर वडामा नेकपा एमालेले आफ्ना उम्मेद्वारहरु घोषणा गरेको छ । वडा कमिटीले बुधवार निर्वाचन परिचालन समितीको कार्यालयको उदघाटन कार्यक्रममा उम्मेद्वारहरु घोषणा गरेको हो । १५ दिन अघी सर्वसहमत वडा कमिटी तथा वडा संयन्त्रको बैठकले वडाका लागि आवश्यक सबै उम्मेदवार सर्वसहमत चयन गरेको थियो ।
वडा अध्यक्षमा पुष्पबहादुर भुजेल खुल्ला सदस्यमा राजनारायण खवाश ,क्वायास मियाँ महिला सदस्यमा रुजा घिमिरे र द्लित महिला सदस्यमा सारदा बिक लाई उम्मेदवार चयन गरेको हो ।अध्यक्षका उम्मेद्वार भुजेल स्थानीय सगरमाथा युथ क्लवको पुर्व अधक्ष्य साथै जनचेतना सामुदायीक वन उपभोक्ता समितीको अध्यक्ष लगायत बिभिन्न संघ सस्थामा आवद्द भइ काम गरिसकेका छन ।
चयन भएका खुल्ला सदस्यका उम्मेद्वार क्वायास मियाँ बहालवाला वडा सदस्य हुन । मियाले गत स्थानिय निर्वाचनमा सवै भन्दा सर्वाधीक मत ल्याएर बिजयी भएका थिए । त्यसैगरी राजनाराण खवास साविक इन्द्रपुर गाविस हुदा वार्ड नम्बर ८ का लोकप्रिय जन प्रतीनिधी हुन। महिला सदस्यमा चयन भएकी रुजा घिमिरे सुन्दरहरैचाका बिभिन्न संघ सस्थामा आवद्द भई काम गरेकी उनी हाल सुन्दरहरैचा भजन संजाल समुहकी अध्यक्ष हुन । उनी कोरोना कालमा जनताको सेवामा सक्रिय हुदा प्रसंशाकी पात्र बनेकी थिइन । अर्की दहिला महिला सदस्यको उम्मेद्वार सारदा बिक युवा तथा जुझारु नेत्रीहुन ।



















