विराटचोक,७ बैशाख । मोरङको सुन्दरहरैचा ९ मा नेपाली कांग्रेस तथा माओवादी केन्द्र परित्याग गरी ४० जना नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले ९ नम्बर वडा शाखा कमिटी द्वारा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमको अवस्वरमा उनीहरु एमालेमा प्रवेश गरेका हुन ।

बुधबार भएको सो कार्यक्रममा नेपाली कांग्रेसका इमाजुद्दीन मियाँको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको युवा संघ ९ नम्बर शाखा कमिटीका अध्यक्ष भविनजंग पाण्डेले बताए । मुस्लिम इत्तेहाक मोरङ जिल्ला कमिटी सदस्य मो.दुलालको पहलमा पार्टी प्रवेश कार्यक्रम तय भएको थियो ।

1650472263687

नेकपा एमालेले पार्टीका स्थानिय युवा नेता पुष्पबहादुर भुजेललाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरे संगै एमालेमा युवाहरुको प्रवेशको लहर चलेको नेपाल राष्ट्रिय उधोग ब्यावसाय माहासंघ मोरङको जिल्ला सदस्य बिष्णु कार्कीले बताए । केहि दिन अघी पनी सोही वडा बाट १९ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

1650472263674

नवप्रवेशीहरुलाई नेकपा एमाले १ नम्बर प्रदेश कमिटी उप सचिव तथा सुन्दरहरैचाकी उप प्रमुख धना तामाङले स्वागत गरेकी थिइन । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व राज्यमन्त्री राजकुमार ओझा,प्रदेश कमिटी सदस्य केदारप्रसाद गुरागाई,मोरङ जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष वान्तवा, सुन्दरहरैचा नगर कमिटी सचिवालय सदस्य रामकृष्ण खड्का,चन्द्रप्रसाद ढकाल वडा अधक्ष्य पदकाका उम्मेद्वार पुष्पबहादुर भुजेल र सदस्यका उम्मेदवारहरु रुकमणि घिमिरे(रुजा ),राजनारायण खवाख, क्यायस मियाँ,सारदा बिक लगायतको उपस्थीती रहेको थियो ।

सुन्दरहरैचा ९ नम्बर वडा कमिटीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटीकी उपाध्यक्ष हिमा पोखरेलले स्वागत मन्तव्य गरेकी थिइन भने युवा संघ नगर कमिटी सचिव आनन्द बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।