केराबारी,८ बैशाख । मोरङको केराबारीमा अनेरास्ववियुले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अनेरास्ववियु केराबारी गाउँ पालीका कमिटीले बिहिबार शार्दुल भट्टराईको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो । त्यसैगरी कमिटीको सह-संयोजकमा दिपिका मङरातिलाई चयन गरेको छ ।

सो कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सानदार रुपमा जिताउन केराबारी गाउँ पालिकाका सवै वडाहरुमा प्रचार प्रसार लगायत पार्टीले गरेका राम्रा र लोकप्रिय कार्यक्रमहरु जनताको घरदैलोमा लिएर जाने अनेरास्ववियु मोरङ जिल्ला कमिटी सदस्य अनुप खतिवडाले बताए ।

जोसेफ उराँवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख वक्ताको रूपमा पार्टी प्रदेश कमिटी सदस्य डिल्ली शर्मा रहेका थिए भने जिल्ला कमिटी सदस्य सुमन मिरिङचिङ र मनमाया मगरको आतिथ्यता रहेको थियो । हरेक मोर्चाको लडाइँमा अनेरास्ववियु अगाडि रहने र केराबारिमा एमाले जिताई छाड्ने प्रतिबद्धता अनेरास्ववियु मोरङ जिल्ला कमिटीका सह-सचिव सङ्गम कन्दङ्वाले गरे ।



















