पोखरा,८ बैशाख । स्थानिय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा माधव नेपाल समुहको एकीकृत समाजवादीमा पहिरो गएको छ । नेपाली कांग्रेसको नीति र नेतृत्वलाई निसर्त स्वीकार गर्दै माधव नेपालले कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने योजना बनाएको तथ्य उजागर भएपछि भ्रममा परी सो पार्टीमा लागेको चर्चित नेताहरु मुल घर एमालेमै फर्किएका हुन ।

यही क्रममा माधव समुहतिर लाग्नुभएका कास्कीबाट पर्यटन ब्यबसायी तथा सो पार्टीका जिल्लाका चर्चित नेता क्षेत्रबहादुर गुरुङ सिंगो टीमसहित एमालेमै फर्कनुभएको हो । गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इञ्चार्ज पदमा अर्याल, गण्डकी एमाले अध्यक्ष नवराज शर्मासहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

278205317_1357450338092635_4762372303607362520_n_1649873862

गुरुङसँगै सुकबहादुर परियार, शम्शेरबहादुर मौरति, राजकुमार मौरती, सन्तबहादुर बिक, बिशाल परियार, भीमबहादुर गुरुङ, बीरबहादुर गुरुङ, रामजी सनिया, होमबहादुर परियारलगायत दर्जन बढी नेता–कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ । माधव नेपालको समजवादी पार्टीबाट मुलुकमा सवै काम नराम्रो मात्रै हुने प्रष्ट भएपछि आफूहरु एमाले रोजेको उहाँहरुको भनाई छ ।