काठमाडाैं,९ बैशाख । नेकपा एमालेले वैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि तयार पारिएकाे प्रतिबद्धतापत्र (घाेषणापत्र) आज सार्वजनिक गर्दैछ ।

पार्टी स्थापना दिवसकाे अवसर पारेर एमालेले दिउँसाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेकाे हाे । ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने कार्यक्रममा चुनावी घाेषणापत्र सार्वजनिक गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे ।

आज नै एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठानमा सारिनेछ । नयाँ पार्टी कार्यालयबाट चुनावी घाेषणापत्र सार्वजनिकसँगै ७४ औँ पार्टी स्थापना दिवसका विविध कार्यक्रम गरिनेछ । एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार भाेलि टुंगाे लगाउने तयारी गरेकाे छ ।

278205317_1357450338092635_4762372303607362520_n_1649873862