काठमाडौं,९ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एमालेले विभिन्न संकल्प जनाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट शुुक्रबार जारी गरिएको चुनावी घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भएको उल्लेख छ ।

यस्ता छन् संकल्प :

१ हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।

२ हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।

३ हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।

४ हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।

५ हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।

६ हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन् ।