ताप्लेजुङ,१० बैशाख । नेपाली काँग्रेस ताप्लेजुङका जिल्ला उपसभापति सहित ५सय जना नेकपा एमाले प्रवेश गरेका छन । फक्तालुङ गाउँपालिकाको इखाबुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति तथा पूर्व गाविस अध्यक्ष मणी लाबुङ सहित एमाले प्रवेश गरेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका जिल्ला नेता, पूर्व गाविस अध्यक्ष, तथा नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा प्रस्तावित उम्मेदवार भद्र बोखिम, नेपाली कांग्रेसका युवा नेता महेश लाबुङ र नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निमा नवङ शेर्पा र माओवादी केन्द्रका युवा नेता सुमन लिम्बु पनी नेकपा एमालेमा प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वागत गरेको फक्ताङ्लुङ पालिका कमिटि सचिव विरेन्द्र दाहालले जानकारी दिए । ।




















