लेटाङ,११ बैशाख । नेकपा एमालेले मोरङको लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावतीलाई उम्मेद्वार बनाउने भएको छ । यस्तै उप–मेयरमा कृष्णकुमारी निरौला पोखरेल उठाउने भएको छ । यसैगरि नेकपा एमाले लेटाङले नगरका सबै वडाध्यक्षहरुको पनि टुंगो लगाएको छ ।
जसमध्ये वडा नम्बर १ मा निवर्चतमान वडाध्यक्ष विष्णुकुमार मगरलार्य र २ मा पनि निवर्तमान वडाध्यक्ष तेजप्रसाद तिमिल्सिनालाई नै उम्मेदवार बनाएको छ ।
यस्तै वडा नम्बर ३ मा सचिवालय सदस्य डम्बर राई, ४ मा रामकुमार श्रेष्ठ, ५ मा निवर्तमान वडाध्यक्ष भूम सूर्यमगर, ६ मा पार्टीका वडा कमिटी अध्यक्ष पुर्णबहादुर तामाङ, ७ मा खगेन्द्र लिम्बू, ८ मा दुर्गाप्रसाद पोखरेल र ९ मा निवर्चमान वडाध्यक्ष तथा एमाले लेटाङ अध्यक्ष समेत रहेका कृष्ण लुईटेललाई उम्मेद्वार बनाएको छ ।



















