विराटचौक,२३ बैशाख । नेकपा एमाले सुन्दरहरैंचा मेयरका उम्मेदवार केदार गुरागाईंले आफूलाई पीएसओ र गोप्यकोठा नचाहिने बताएका छन । एक स्थानीय रेडियो कार्यक्रमको अन्तर्वार्तामा उनले त्यसो भनेका हुन ।

सुन्दरहरैंचाका मेयर शिव प्रसाद ढकालले जस्तो सुरक्षाका लागि पिएसओ नराख्ने बताए । मेयरको कार्यकक्षमा गोप्यकोठा रहेको जनाउदै कि त गोप्य कोठा भत्काउने कि कहिल्यै नखोल्ने प्रतिवद्धता जनाए । आफू हप्ताको तीन दिन जनताकै माझमा हुने उनको भनाइ छ । जनताका माझ जाँदा चिल्ला गाडीमा होइन मोटरसाइकलमै जाने गुरागाँईले बताए ।

उहाँले पाँच वर्षमा १० जना प्रमुख प्रशासकीय अघिकृत फेरिनु, कर्मचारीतन्त्र अस्तब्यस्त हुनु, योजना सम्झौता र भुक्तानी प्रक्रियामा ढिला सुस्ती लगायतका धेरै वेथीति व्योहोरा भएको कारण जनताले परिवर्तन चाहेका छन् उनले भने । आफूले जितेर आएपछि सम्मानसहितको सेवा दिने, करको दायरा बढाउने कर घटाउने, सहकारीले ब्यालेन्ससिटको आधारमा करतिर्नु नपर्ने बनाउने,वडाका सबै मूलबाटोहरु कालोपत्रे गर्ने, पर्यटकीय महत्वका ठाँउहरुलाई पर्यटकीय गन्तब्य बनाउने लगायतका योजना सुनाए ।