विराटचोक,१४ जेठ । नेपाली काँग्रेसकी महिला नेतृ भगवती पौडेलले सुन्दरहरैंचा नेपाली काङ्ग्रेसका नगर सभापती भक्तीप्रसाद सिटौलालाई काँग्रेस पार्टी छोड्न आग्रह गरेकी छिन ।
निवर्तमान मेयर शिवप्रसाद ढकालले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा धन्यवाद कार्यक्रममा नेतृ पौडेलले नगर सभापतीलाई काङ्ग्रेसमा बसि राख्न नैतिकताले नदिने भन्दै पार्टी छाड्न आग्रह गरेकी हुन ।
स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवारलाई हराउन सभापती सिटौलाकाे भूमिका देखिएकाेले पार्टी छोड्नु पर्ने धारणा पौडेलले राखेकी हुन् । सभापती सिटौलाले आम काङ्ग्रेस कार्यकर्ता र आम सुन्दरहरैंचा नगरवासीको मन रुवाउनु भएको पाैडेलले दुखेसाे पाेखिन् । उहाँलाई काङ्ग्रेस हु भन्ने अधिकार नरहेको बताउँदै आफै काङ्ग्रेस नछाडे आम कार्यकर्ताले गलत्याएर निकाल्ने बताइन ।
पौडेलले भनिन,' आफ्नै उम्मेदवार विरुद्व वागी उम्मेदवार उठाउदै हिड्नु भयो । सभापती सिटौलाले चुनावमा सात सुर्यमा भोट माग्नु भयो, उहाँलाई काङ्ग्रेस कार्यकर्ताले अब माफि नदिने समेत बताइन ।
शनिबार नेपाली काङ्ग्रेसबाट विजयी उम्मेदवार र आम कार्यकर्तालाई बधाई तथा धन्यवाद दिन सुन्दरहरैचा नगरपालिकाका निवर्तमान मेयर तथा मेयर पदका प्रत्याशी उम्मेदवार शिवप्रसाद ढकालले इन्द्रपुर जेसिजको सभाहलमा कार्यक्रमको आयोजना गरेका थिए ।




















