विराटचोक,१ असार । सुन्दरहरैंचा नगरपालिकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३१ करोड १७ लाख २६ हजार रुपैयाँ घाटा बजेट भएको छ । यसलाई नगरपालिकाले ठूलो चुनौतीको रुपमा लिएको बताइएको छ ।
नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालका अनुसार प्रक्रियाबिना नियुक्त कर्मचारी, दरबन्दीबिना हमतिमा थपिएका कर्मचारीका कारण नगरलाई ठूलो व्ययभार परेको हो । चुनावी वर्षको बजेट रहेकाले अन्धाधुन्ध खर्च गरी अप्रत्याशित दायित्व सिर्जना भएको ढकालको भनाइ छ ।
ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार नयाँ जनप्रतिनिधि नगरको अप्रत्याशित रुपमा सिर्जित दायित्वबाट पछि नहट्ने भए पनि घाटा बजेटलाई साथमै लिएर जानुपर्ने हुँदा चुनावी प्रतिबद्धता पूरा गर्न असहज हुने देखिएको छ ।
घाटा बजेटले सिर्जना गरेको विषम परिस्थितिमा घोषणापत्रमा उल्लेखित उद्देश्य पूरा गर्न अपेक्षाअनुकूल बजेट विनियोजन गर्न नसके पनि चालु खर्चलाई कटौती गरी अपेक्षाअनुरुप नै सेवा प्रवाह वितरण गर्ने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ आज नगरपालिकाले जारी गरेको विज्ञप्तिः




















