न्यूयोर्क— नेपालका प्रसिद्ध सामाजिक अभियन्ता र शिक्षाविद् उत्तम सञ्जेल सहित उनकी छोरी सम्पदा  बुधबार  अमेरीकाको न्यूयोर्क पुगेका छन् । 

उनीहरुलाई न्यूयोर्कको जेएफके एयरपोर्टमा लंग आइल्याण्ड नेपाली समाजका पूर्वअध्यक्ष टिकाराज ढकाल,नेपाली समुदाय समन्वय समिति संयुक्त राज्य अमेरिकाका अध्यक्ष बाबुराम शर्मा , महासचिव शंकर भण्डारी, जनासंम्पर्क समिति लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बास्तोला, लंग आइल्याण्ड नेपाली समाज न्युयोर्कका सचिव मोहन क्षेत्रीले लगायतले स्वागत गरेका छन् ।

यही डिसेम्बर २८ मा नेपाली-अमेरिकन कलाकार संघले आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रम "रमझम साँझ-२०२४" मा विशेष अतिथिको रुपमा सहभागि हुनेछन । 

सञ्जेल बाँसका विद्यालयहरू (समता शिक्षा निकेतन) का परिकल्पनाकार हुन्, जसले विपन्न बालबालिकालाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्छन्। बाँसलाई कम लागतको निर्माण सामग्रीको रूपमा प्रयोग गरी, यो विद्यालयहरूले न्यून शुल्कमा शिक्षा प्रदान गरी आर्थिक रूपमा कमजोर परिवारका लागि पहुँच सुनिश्चित गरेका छन्।

उनको प्रयास सबै बालबालिकाका लागि समान अवसर सिर्जना गर्ने उद्देश्यमा केन्द्रित छ, जहाँ धेरै विद्यार्थीहरूले शैक्षिक रूपमा उत्कृष्टता प्राप्त गरी उच्च शिक्षा र व्यावसायिक करियरमा अघि बढेका छन्। सञ्जेलको नविन दृष्टिकोणले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक मान्यता पाएको छ। अभिनय क्षेत्रमा करियर बनाउने चाहना राख्नु भएको उहाँले शिक्षालाई आफ्नो प्रमुख उद्देश्य बनाएर सामाजिक समानता र रूपान्तरणप्रति आफ्नो समर्पण प्रस्तुत गर्नुभएको लंग आइल्याण्ड नेपाली समाजका पूर्वअध्यक्ष ढकालले बताए ।

Untitled-3 (3)