विराटचोक — गीतकार पुरन याख्खाको नयाँ नेपाली गीत ‘तिम्रो मुस्कानको हाँसो’ आज सार्वजनिक हुने भएको छ। काव्यकला क्रिएसनको प्रस्तुतिमा तयार भएको उक्त गीत आज दिउँसो ४ बजे युट्युबमार्फत सार्वजनिक गर्न लागिएको हो।

गीतमा पुरन याख्खाको शब्द रचना तथा पुरन याख्खा र दुर्गा पराजुलीको संयुक्त संगीत रहेको छ। गीतमा गायक दुर्गा पराजुलीको स्वर सुन्न सकिनेछ।

राजु कार्कीले संगीत संयोजन गरेको गीतको रेकर्डिङ हेम सुब्बा र सुरेश राईले गरेका हुन्। गीत गायक दुर्गा पराजुलीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

निर्माण पक्ष तथा शुभचिन्तकहरूले गीत सार्वजनिक भएसँगै हेरेर, सुनेर र माया गरिदिन दर्शक तथा स्रोताहरूसँग आग्रह गरेका छन्।