काठमाडौं,१८ जेठ । स्थानिय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई हामिले हरायौँ भनेर दंग परेर बसिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भद्रकमारी घलेले जवाफ फर्काएकि छिन् ।

पूर्वमन्त्री समेत रहेकी साहित्यकार एवं समाजसेवी ९३ वर्षिया घलेले प्रचण्डलाई विनाशकाले विपरित वुद्धी भएकाहरु भन्दै झपारेकी छिन् । कम्युनिष्ट पार्टीलाई भत्काएर ध्वस्त बनाएर अझै निर्वाचन जित्यौँ भनेर कसरी भन्न सकेको ? भन्दै उनले प्रश्न गरेकी छिन् ।

कम्युनिष्ट पार्टी फुटाएर प्रचण्ड र माधव नेपालले ठूलो गल्ती गरको भन्दै घलेले उनीहरुलाई बुद्धि नै नभएको नेताहरु भनेकी छिन् । उनीहरुले अहिले केपी ओलीलाई हराइयो भनेर आत्मरती गर्नुको कुनै तुक नभएको पनि उनले भनेकी छिन् । एमालले चुनाव हार्यो भन्नु नै गलत भएको जिकिर घलेले गरेकी छिन् ।

प्रचण्ड र माधव नेपालले अरु नसके पनि एमाले हराउँन त सफल भएनी होइन रु भन्ने प्रश्नमा घलेले बरु प्रचण्ड र माधव नेपालको पार्टीले चाँही हारेको छ ,आफुले हारेको नदेख्ने अझ अरुले हार्यो भनेर भन्ने रु भन्दै जवाफ दिएकी छिन् ।

चौतर्फी घेराबन्दीका विच पनि ओलीको नेतृत्वमा एमालेले ल्याएको मत धेरैनै भएको तर्क घलेको रहेको छ । राष्ट्रिय दलहरु सबै गठबन्धन गरेर लाग्दा पनि एमालेले दोस्रो हुन सफल भएको छ यसलाई हारेको भन्नै नहुने उनको तर्क छ । एक्लाएक्लै लडेको भए एमालेनै पहिलो पार्टी हुने दाबी पनि उनले गरेकी छिन् ।

चुनावको बेला ओलीसँग देउवा , प्रचण्ड माधव नेपाल सबै थुरथुर भएको जिकिर पनि घलेले गरेकी छिन् । एक्लै लड्ने हिम्मत नभएरनै उनीहरुले गठबन्धन गरेको भन्दै घलेले अहिले सबै मिलेर केहि सिट जित्दा ठूला कुरा गर्न नपर्ने बताइन् । केपी ओलीको भाग्यनै दरो र भगवानलेनै साथ दिएको भन्दै कसैले हराउँन नसक्ने तर्क उनले गरेकी छिन् ।