काठमाडाैं,१८ जेठ । राष्ट्रिय सभा सदस्य भगवति न्याैपानेले लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे विषयलाई खाेक्राे राष्ट्रवाद भनिएकाेमा कडा आपत्ति जनाउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद् न्याैपानेले सत्ता पक्षका सांसद्ले राष्ट्रियताकाे विषयमा धावा बाेलेकाे भन्दै कडा आपत्ति जनाउनुभयाे ।
उहाँले भन्नुभयाे - 'लिपुलेक,लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउँनुपर्छ भनेर प्रमुख प्रतिपक्षीले भनिरहँदा सत्ता पक्षका माननीयले एमालेले खाेक्राे राष्ट्रवादकाे कुरा गर्याे भन्नुभयाे, याे आपत्तिजनक छ,देश र राष्ट्रियताकाे विषयमा धावा बाेलिएकाे छ,लिपुलेक हाम्राे भूमि फिर्ता ल्याउँनुपर्छ भन्दा खाेक्राे राष्ट्रवाद हुन्छ ? नीति तथा कार्यक्रम र बजेटमा हाम्राे भूमि फिर्ला ल्याउँछाैं भनेर किन भनिएन ? कतै नियतवश त हाेइन भन्ने प्रश्न उठ्न थालेकाे छ ।'
सरकारले ल्याएकाे बजेट यर्थाथ धरातलमा नउभिएकाे पनि सांसद् न्याैपानेले बताउनुभयाे । सरकारले ल्याएकाे बजेट वितरणमुखी भएको भन्दै उहाँले बजेट कार्यान्वयन हुनै नसक्ने बताउनुभयाे । 'कुनै पनि आधारले भन्दैन यो बजेट कार्यान्वयन हुन्छ भनेर त्यसैले हामी विश्वास गर्दैनौं, म अहिले चन्द्रमा पुगेर आउँछु भन्दा तपाईंहरुले पत्याउनुहुन्छ ? त्यसैले यथार्थको धरातलमा उभिएको छैन'- उहाँले भन्नुभयो ।
तथ्यले पुष्टि भएका विषय एमालेले उठाएकाे भन्दै उहाँले सरकारकाे जवाफ नभएर काम चाहेकाे बताउनुभयाे । काम गरेर देखाउन सांसद् न्याैपानेले सरकारलाई चुनाैती पनि दिनुभयाे । 'बजारमा तरलता अभाव भयो भनेर हामीले समस्या देखाउँदै गर्दा त्यो तरलता अभावको समस्या हल गरेर देखाइदिनुस्, विकास बजेट खर्च हुन सकेन अब पनि हुँदैन हुन सक्दैन, देशको आर्थिक अवस्था अत्यन्तै नाजुक छ भनेर भनिरहँदा, तपाईंहरु विकास बजेट खर्च गरेर देखाइदिनुस्,व्यापार घाटा चालु वर्षमा १६ खर्ब सम्म हुने अनुमान गरिएको छ, यो व्यापार घाटा कम गरेर देखाइदिनुस्'- भगवतिकाे चुनाैती छ ।
सरकारले एमसीसीलाई ठपक्क लगेर बजेटमा राखेकाे भन्दै उहाँले यसअघि सदनमा किन राेइलाे गरेकाे भनेर प्रश्न उठाउनुभयाे । '२५१ बुँदामा एमसीसीलाई कार्यान्वयन गर्ने सन्दर्भमा यहाँ थपक्क ल्याएर राख्नुभएको छ, तर हिजो त्यति लामो समयसम्म यो विषयलाई किन गिजोलियो ? कार्यकर्तालाई सडकमा किन ल्याइयो ? टाउको फुटाउन किन लगाइयो ? यहि बिषय संसद्बाट पास गर्नुथियो, आज बजेटमा उल्लेख गर्नु थियो भने त्यो एउटा नाटक प्रदर्शन किन गरियो,गठबन्धनका नेताहरुले नाटक प्रदर्शन गरिरहनुहुन्छ, हामी देखिरहन्छौं'- उहाँले भन्नुभयाे ।
बिजुली खपतकाे विषय बजेटमा राखेर १-२ वटा उद्याेगलाई पाेस्ने काम सरकारले गरेकाे भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । सांसद् न्याैपानेले भन्नुभयाे - '७२ औं बुँदामा मासिक दश कारोड भन्दा बढि बिजुली खपत गर्नेलाई २ देखि १५ प्रतिशत सम्म महशुलमा छुट दिइनेछ भनेर भनिएको छ, नेपालमा दुई उद्योग मात्र त्यस्तो रहेछ जसले १० करोड भन्दा बढि विद्युत खपत गर्छ, दुई उद्योगलाई मात्र लक्षित गरेर यो ल्याइएको हो ? यदि यो दुई उद्योग लक्षित गरी ल्याइएको हो भने अरु उद्योग कसरि सञ्चालन गर्न सकिन्छ ? म अर्थमन्त्री ज्यूलाई प्रश्न गर्न चाहान्छु ।'
शिक्षामा वर्षेनी ४०-४५ अर्ब बाहिर जाने गरेकाे भन्दै उहाँले सरकारले यस विषयमा ध्यान दिन नसकेकाे बताउनुभयाे । अघिल्लाे बजेटमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई राखिएकाेमा गठबन्धन सरकारले कटाैती गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । 'यो बजेटले किन सम्बोधन गरेन ? मलाई लाग्छ यो मदन भण्डारीकै नाम जोडिएकाले सम्बोधन नगरिएको हो'-भगवतिकाे भनाइ छ ।
स्वास्थ्यमा राहतका कार्यक्रम नभएर विपन्न वर्ग र क्षित वर्गलाई निः शुल्क स्वस्थ्य परीक्षणमा कुरा राख्दा उचित हुनुपर्नेमा सरकारले त्यसतर्फ ध्यान दिन नसकेकाे उहाँले बताउनुभयाे । घाेप्टेखोला सुरुङ मार्गलाई बजेटबाट हटाइएकाेमा आपत्ति जनाउँदै उहाँले भन्नुभयाे - 'म गण्डकिवासी भएकाले अर्थमन्त्रीलाई सोध्न चाहान्छ मध्य पहाडी लोकमार्ग अन्तर्गतको पोखरा-बाग्लुङ खण्डमा पर्ने घाेप्टेखोला सुरुङ मार्ग जुन अघिल्लो वर्ष सम्भाव्यता अध्ययनका निम्ति भनेर बजेटमा सम्बोधन गरिएको थियो तर यसपटक किन छुटाइयो ? यो सम्भाव्यता नभएर हो ? समेट्नु नपर्ने भएर हो ? अर्थमन्त्री ज्यूले जवाफ दिनुहुने छ ।'
एमालेले उठाएका विषय तथ्यगत भएकाे भन्दै उहाँले पुँजीगत समस्या,तरलता अभाव भयाे याे समाधान गरेर देखाइदिनुस् विकास खर्च खर्च गरेर देखाइदिनुस् व्यापारघाटा कम गरेर देखाइदिनुस् हामीले सरकराकाे जवाफ हाेइन सरकारकाे काम चाहेकाे हाे । कामले जवाफ दिनुस् एमसीसी कार्यान्वयन गर्ने कुरालाई थपक्क राखिएकाे भन्दै उहाँले हिजाे किन कार्यकर्तालाई सडकमा किन पठाइयाे,सदनमा किन नाटक देखाइएकाे



















