काठमाडौं,३० जेठ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । ओली र श्रेष्ठबीच आइतबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
मुख्यतः तीन विषयमा छलफल भएको नेता श्रेष्ठले जानकारी दिए । “राष्ट्रियताको विषय, राजनीतिक परिस्थिति नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट र बामपन्थी आन्दोलन गरी तीन विषयमा छलफल भयो,” उनले भने ।
पछिल्लो केही समययता एमाले र माओवादी नेताहरुबीच भेटवार्ताले तीव्रता पाएको छ । बाम एकताका विषयमा छलफल भइरहेको नेताहरु बताउँछन् ।



















