काठमाडाैं,४ असार । जिल्ला समन्वय समिति नवलपुर (पूर्वी नवलपरासी) मा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।
शनिबार भएकाे चुनावमा एमालेका बाबुराम विश्वकर्मा जिल्ला समन्वय समितिकाे प्रमुखमा निर्वाचित हुनुभएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । उपप्रमुखमा एमालेकै शकुन्तला लम्साल विजयी हुनुभएको छ ।
सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी हुनुभएको छ ।



















