काठमाडौं,१० असार । स्थानीय तहको निर्वाचन अघि माओवादी केन्द्र त्यागेर स्वतन्त्र वामपन्थीको भूमिकामा रहेका दाङका नेता जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रहेका गौतमले चुनावअघि सो पार्टी परित्याग गरेका थिए । शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए ।

गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकीकृत कम्युनिस्ट आन्दोलन विभाजन गरेको आरोप लगाए । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल लगायतका नेता सहभागी थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही नगरपालिकाको मेयरमा उम्मेदवार बनेका गौतम माओवादीको पोलिटव्युरो सदस्य थिए । सोही कार्यक्रममा वाइसिएल नेपालका पूर्व सचिव दिवस पाण्डे पनि एमालेमा प्रवेश गरेका छन् ।