काठमाडौं,१२ असार । नेकपा एकीकृत समाजवादीका सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पद छाडनु पर्दा धुरुधुरु रुनुभएको छ । पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेर मन्त्रालयबाट बिदा हुन लाग्दा देखिएको अश्रुधाराले झाँक्रीको पीडा छरपष्ट भएको हो ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनको सुरुमै झाँक्रीले आँसु थाम्न सक्नुभएन । निकै भावुक बन्दै अपमान महसुस गरी उहाँ रुनुभएको हो । पार्टीले केन्द्रीय कमिटी बैठकबाटै फिर्ता बोलाएपछि मन्त्री नछाडने अडानमा रहनुभएकी नेतृ झाँक्री आज राजीनामा दिनैपर्ने बाध्यतामा पुग्नुभएको हो ।
सोहीअनुसार राजीनामा दिने घोषणा गर्न आयोजित पत्रकार सम्मेलन सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै अश्रुधारा बगाउनु भयो अनि टिस्यु पेपरले आँसु पुछनु भयो ।



















