काठमाडाैं,१३ असार । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गाेपनियताकाे शपथसँगै पदभार ग्रहण गर्ने भएका छन् ।
नवनियुक्त मन्त्रीहरुले बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एकीकृत समाजवादीका मन्त्री हेरफेर गरेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभएकाे थियाे ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको छ ।
कुँवर गैरसांसद् हुनुहुन्छ भने खापुङ राज्यमन्त्रीबाट बढुवा हुनुभएकाे हाे ।



















