काठमाडौं,३१ असार । जनता समाजवादी पार्टी (जसपा) दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य नेकपा (एमाले) मा प्रवेशगरेका छन् ।
एमालेमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्यममता मिश्र पाठक र विमला भट्टराई हुनुहुन्छ ।
नवप्रवेशी जसपाका नेताहरूलाई आज पार्टी कार्यालय च्यासलमा पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललेस्वागत गर्नुभयो । सो अवसरमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि हाम्रो पार्टीलाई बलियो शक्तिका रुपमा विकास गर्नकालागि यहाँहरूको भूमिका महत्वपूर्ण हुनेछ भन्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टीप्रति मधेशमा हिजो घृणा भाव थियो तर एमाले के हो भन्ने त्यहाँका जनताले बुझेपछि आजत्यो घृणा समर्थनमा बदलिएको छ । मधेशमा अहिले हाम्रो पार्टीप्रति व्यापक जनलहर चलिरहेको छ। आगामी निर्वाचनमा मधेशमा एमालेको बहुमतलाई कुनै पनि शक्तिलेरोक्न नसक्ने महासचिवले वताउनुभयो । उहाँले भन्नुभयो– तपाईंहरूको प्रवेश राष्ट्र र राष्ट्रियता जोगाउने अभियानमा कोशेढुंगा सावित हुनेछ ।
एमालेमा प्रवेश गर्नुभएकाहरूका तर्फबाट जसपाका संघीय परिषद् सदस्य भोला मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णतार एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको वताउनुभयो ।



















