काठमाडौं,१० साउन । नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा नयाँ नेतृत्व चयन भएको छ ।

गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पुन: विनोद श्रेष्ठ सर्वसम्मतरूपमा अध्यक्ष चुनिएका छन् । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।

त्यस्तै लक्ष्मण शर्मा महासचिव चयन भएका छन् ।

शनिबारदेखि सुरू महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।