पाँचथर,२३ साउन । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियुका केन्द्रिय सचिव तथा १ नम्बर प्रदेश कमिटी अध्यक्ष राजु थाम्सुहाङ सहित ७ जना नेताहरु एमालेमै फर्किएका छन् । पाँचथरको जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका थाम्सुहाङले एकीकृत समाजवादी पार्टी परित्याग गरि एमालेमै फर्किएको घोषणा गरेका हुन् ।
त्यसैगरि एकीकृत सामाजवादीका १ नम्बर प्रदेश कमिटी सदस्यहरु दिनेश श्रेष्ठ,अनिता राई,जिल्ला कमिटी सदस्यहरु भवानि खनाल,टेकराज सिवा,हरिबिनोद काफ्ले लगायत पनि एमालेमै फर्किएका छन् । उनीहरु नेकपा एमाले पाँचथरको आज बसेको कमिटीको बैठकको अवस्वर पारेर एमालेमा फर्किएको जिल्ला अध्यक्ष राजकुमार भण्डारीले जानाकारी दिए ।
नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा मंगलबार हुने कार्यक्रममा एक सय भन्दा बढीको संख्यामा एकीकृत सामाजवादीका नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताए ।



















