विराटचोक,२ भदौ । नेकपा (एमाले) सुन्दरहरैंचा नगरपालिका कमिटीको तेस्रो पूर्ण बैठक निकै महत्त्वपूर्ण निर्णय सहित आज विराटचोकमा सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकालको अध्यक्षतामा बसेको यो तेस्रो पूर्ण बिस्तारित बैठक स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएयता पहिलो हो ।

चित्र र चरित्र दुबै हिसावले परस्पर नमिल्ने राजनीतिक दलबलबीच सत्तास्वार्थको लागि बनेको परमादेशी गठबन्धनका विरुद्ध आफ्नो राजनीतिक बैचारिक अडान र स्थानीय तह निर्वाचनमा प्रकट भएको सर्वाधिक ठूलो जनअभिमतका साथ अघि बढ्ने संकल्प गर्दै सम्पन्न तेश्रो पूर्ण बिस्तारित बैठकले नेकपा (एमाले) लाई फेरि पनि यहाँ पहिलो शक्ति हुनेमा कुनैले धृष्टता नगरे हुने जनाएको छ ।
बैठकले स्थानीय तह निर्वाचनमा नगरपालिकाको विभिन्न जिम्मेवारीमा पार्टीको तर्फबाट उठाइएका सूर्यचिन्ह ध्वजाबाहक मेयरका उम्मेदवार केदारप्रसाद गुरागाई उपमेयर अकली चौधरी लगायत सबैलाई जिताउन मतदान गर्नुहुने स्थानीय मतदाता,पार्टीका सुभचिन्तक ,नेता कार्यकर्ताहरुलाई मतमार्फत रहेको उल्लेख्य योगदानप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
अघिल्लो स्थानिय निर्वाचनमा फराकिलो मतान्तर सहित जीतको आधार तयार गर्न निवर्तमान नगर उपप्रमुख धनादेवी तामाङ नेतृत्वको जनप्रतिनिधिले खेलेको भूमिकाको उच्च सम्मान गरेको छ ।
बैठकमा गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पार्टी गतिविधीको वारेमा समिक्षा गरिएको नगर कमिटी सचिव सन्तोष घिमिरेले जानकारी दिए । पार्टी संचालनका लागि जनप्रतिनिधिहरुबाट लेवी शुल्क समेत लिने निर्णय गरिएको सचिव घिमिरेले बताए । त्यसैगरी पार्टी कार्यालय निर्माणको लागि जग्गाको व्यवस्थापन गरिने साथै नगरका १२ वटै वडाका पार्टी शाखा कमिटीहरुलाई सहजीकरण गर्नको लागि जिल्ला कमिटी र पुर्व जिल्ला कमिटी सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ ।

पार्टी प्रदेश कमिटी उपसचिव धनादेवी तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा प्रदेश सचिवालय सदस्य लक्ष्मी फुयल,प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिका प्रमुख तथा प्रदेश कमिटी सदस्य केदारप्रसाद गुरागाईप्रदेश कमिटी सदस्यहरु अर्जुनराज अधिकारी,शुरेन्द्र थापा ,ज्ञानेन्द्र ओझा,बीरेन्द्र श्रेष्ठ ,उपभोक्ता हित संरक्षण तथा शुशासन केन्द्रीय विभाग सदस्य बद्रि अर्याल,प्रदेश सल्हाकारहरु बासुदेव थापा,डिल्लीप्रसाद घिमिरे पार्टी मोरङ जिल्ला कमिटी सचिवालय सदस्यहरु राजेश थापा , बिसनलाल चौधरी,सन्तोष बान्तवा ,बबिता खापुङ,जिल्ला कमिटी सदस्यहरु रोशनप्रसाद ढकाल,गणेशप्रसाद ढकाल,राम लुइँटेल,डिल्ली चम्लागाई,भिमा खतिवडा,बाबुराम आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा उपस्थित प्रमुख अतिथी,अतिथी लगायत सहभागीहरुलाई नगर कमिटी उपसचिव डिल्लीप्रसाद ढकालले स्वागत मन्तव्य राखेका थिए ।



















