यासोक,३ भदौ । पाँचथरको कुम्मायकमा नेकपा ( एमाले )को गाउँपालिका कमिटी गठन भएको छ । कुम्मायक गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको आज भएको भेलाले खगेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय आयोजक कमिटी निर्माण गरेको हो ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा इन्द्र चेम्जोङ सचिवमा राम गजुरेल उपसचिवहरुमा गजेन्द्र शेर्मा, छवीमाया ढकाल लगायत सदस्यहरु चयन भएको फिदिम नगर कमिटी अध्यक्ष जलकुमार तामाङ्गले जानकारी दिए ।

नवगठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य आइन्द्रसुन्दर नेम्बाङले बधाई तथा सुभकामना ब्याक्त गरेका थिए ।

pacthar

कार्यक्रममा विशेष अतिथी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य आशा रत्न जबेगु साथै प्रदेश कमिटी सदस्य सिता आचार्य,जिल्ला कमिटी सचिवालय सदस्य राजु थाम्सुहाङ्ग जिल्ला कमिटी सदस्यहरु भिम सम्बाहाम्फे,बिरबहादुर पाण्डे ,बाबुराम कार्की र फिदिम नगर कमिटी अध्यक्ष जलकुमार तामाङ्ग लगायतको आतिथ्यता रहेको थियो ।

गोपाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई पुण्य चम्लागाईले संचालन गरेका थिए ।