काठमाडौं,७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य दामोदर अर्यालले प्रचार विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् ।नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले जारी गरेको अत्तर पार्टी निर्देशन ७ मा उनलाई विभागको उपप्रमुखमा मनोनयन गरेको जनाईएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाका पार्टी सह इन्चार्जको रुपमा रहेका अर्याल लामो समयदेखि समसामयिक विषयमा तिखो कलमसमेत चलाउछन् । बिधार्थी कालदेखि राजनिती यात्रा सुरु गरेका अर्याल काठमाडौं स्थित रत्न राज्यलक्ष्मी क्यापसमा त्यसबेलाका लोकप्रिय पुर्व स्ववियु सभापति हुन् ।
अर्याललाई प्रचार विभागका प्रमुख तथा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले कार्यालयमा स्वागत गरे । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य शम्भु श्रेष्ठ पनि विभागको उपप्रमुख छन् । अब अर्यालसहित नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभाग ३४ सदस्यीय भएको छ ।



















