काठमाडाैं,२६ भदौ । माेरङकाे विराटनगरमा नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी लगायत विभिन्न पार्टीका सयाैं नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माेरङकाे विराटनगरमा शनिबार आयाेजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशकाे प्रथम प्रदेश अधिवेशनमा उनीहरु एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयाे । कार्यक्रममा उहाँले सम्बाेधन पनि गर्नुभयाे ।

साे कार्यक्रम लगत्तै अध्यक्ष ओली विराटनगरमै आयाेजित जितिया पर्व समाराेहमा सहभागी हुनुभएकाे थियाे । कार्यक्रममा उहाँले सम्बाेधन पनि गर्नुभएकाे थियाे ।

हेर्नुस् तस्विर: