काठमाडौं,२ भदौ  । लोकतान्त्रिक समाजवादी पार्टीकी नेता अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

अग्रहरी आइतबार जसपा परित्याग गरेर एमाले प्रवेश गर्नुभएकाे हाे । पार्टीकाे सचिवालय बैठक चलिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई एमालेमा स्वागत गर्नुभएकाे सचिव याेगेश भट्टराईले जानकारी दिनुभएकाे छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेको बताउने कपिलवस्तीकी अग्रहरी प्रतिनिधि सभाकी निवर्तमान सांसद् समेत हुनुहुन्छ ।