काठमाडौं,३ भदौ  । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा सदस्य रहिसकेका मनिष झा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाको टिममा रहेर स्थानीय चुनावको घोषणापत्र मस्यौदामा काम गरेका झा स्वतन्त्र पार्टीबाट मधेसी कोटाको पहिलो नम्बरमा बन्द सूचीभित्र बसेका छन् ।

सो पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्टीभित्रबाटै खुला मतदान आह्वान गरेको थियो । कांग्रेसका युवा नेता झा फ्याक्टस नेपालको सिइओ हुन् ।

धनुषा जिल्लाका बासिन्दा झाले कांग्रेस छाडेर स्वतन्त्र पार्टी रोजेका छन् ।