काठमाडौं,६ असोज । एमाले महासचिव शंकर पोखरेलले विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउनुभएको छ ।

एमाले पार्टी कार्यलय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको बताउनुभयो ।

‘म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ? ’ उहाँले भन्नुभयो । उहाँले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको बताउनुभयो,‘गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको छ ’,उहाँले भन्नुभयो ।

उहाँले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको बताउनुभयो । ‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’