पाँचथर,८ असोज । नेकपा (एमाले ) निकट पेसागत महासंघ पाँचथरको जिल्लास्तरीय कमिटी गठन भएको छ । सदरमुकाम फिदिममा शनिबार भएको अधिवेशनबाट जीवन भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा सुरेन्द्र भण्डारी, महिला उपाध्यक्ष सरस्वती सिवाकोटी, सचिवमा अमिता सुब्बा, सह–सचिवमा नीतिराज भण्डारी, कोषाध्यक्षमा प्रकाश चन्द्र सापकोटा र सदस्यहरुमा मणीकुमार खालिङ, गोपी नेपाली, सोम बहादुर श्रेष्ठ, वेदनिधि खनाल, टिकाराम चापागाई लगायत रहेका छन् । कमिटीमा ४ जनाको रिक्त रहेकोमा पहिलो बैठकले मनोनित गरिने नव गठित कमिटीकी उपाध्यक्ष सरस्वती सिवाकोटीले जानकारी दिईन ।

पेसागत महासंघका केन्द्रिय सदस्य पारस न्यौपानेको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । नव गठित कमिटीलाई स्वास्थ्य कर्मचारी संघको अध्यक्ष सोम दंगाल, स्थानीय तहको प्रतिनिधित्व सरस्वती सिवाकोटी, नेपाल शिक्षक संगठन अध्यक्ष माक्सिम लिम्बू , नेपाल निजामती कर्मचारी संगठन उपाध्यक्ष तिर्थ मिश्र, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तुलसी थापा लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



















