• बिष्णु कार्की 

विराटचोक,१० साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मोरङको सुन्दरहरैँचामा नगर कमिटी गठन गरेको छ ।

308024829_1248924609279129_2439716313613868564_nसोमबार विराटचोकमा भएको नगर अधिवेशनबाट भविन पाण्डेको अध्यक्षतामा ४७ सदस्यिय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा राजीव श्रेष्ठ सचिवमा रोशनराज रिजाल सहसचिवहरुमा रामकुमार मगर,भिमुकला लोहार कोषाध्यक्षमा देवराज सिक्दार रहेका छन् ।

त्यसैगरी  सदस्यहरुमा दिनेशकुमार चारु,रमेश खवाश ,अनुकुमारी गिरी,दिनेशकुमार माझी,इन्दु पौडेल,चेतना अधिकारी,यम लिम्बू ,अनिल खनाल,यम बास्तोला,भावना कट्टेल लगायत रहेका छन् ।

नवगठित कमिटीलाई अध्यक्षमण्डलका अध्यक्ष राजकुमार श्रेष्ठले  पद तथा गोपनियताको सपथ ग्रहण  गराएका थिए । 

308883149_1468086380366739_5619913900906288150_n नवगठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी ,बिशिष्ठ अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, भानुभक्त ढकाल युवा संघका केन्द्रिय महासचिव क्षितिज थेवे लगायत युवा नेताहरुले  बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

307984106_5281983188593755_7516043952794459749_n

कार्यक्रममा नेकपा एमाले  १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्यहरु ज्ञानेन्द्र प्रसाद सेवेदी,अजम्बर राई,लक्ष्मी फुयल,नागेश पोखरेल,सदस्यहरु केदारप्रसाद गुरागाई,  सुरेन्द्रबहादुर थापा  राष्ट्रिय युवा सघ नेपालका केन्द्रिय सह सचिव विजय डाँगी, केन्द्रिय नेताहरु अर्जुन ढुङ्गाना,भुपाल श्रेष्ठ, मनोज राई,अन्जु सिग्देल  मोरङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष प्रविन घिमिरे, नगर कमिटीका पुर्व अध्यक्ष केशव बास्तोला लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङ सचिव दावा लामा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । 

308560547_505139914299046_5717237238920004463_nनगर कमिटीका अध्यक्ष जयप्रकाश रायामाझीको अध्यक्षतामा  सम्पन्न भएको नगर अधिवेशनमा नेकपा एमाले सुन्दरहरैँचा  नगर कमिटीका युवा इञ्चार्ज उमेश राईले स्वागत मन्तव्य राखेका थिए भने युवा संघ नगर सचिव आनन्द बस्नेतले संचालन गरेका थिए । युवाहरुले सर्वसम्मत ढंगले  नेतृत्व चयन गरेकोमा सुन्दरहरैँचामा नेकपा एमाले मजवुत भएको संदेश दिनुको साथै आउदो निर्वाचनमा यस क्षेत्रबाट एमालेलाई जिताउन युवाहरु एकमत  देखिएका छन् । 

308193667_1659758174438548_8689698838070415397_n

FB_IMG_1664213450487

FB_IMG_1664213442352

FB_IMG_1664213472427


308514603_5281983565260384_3233381734793651478_n

308050423_5281982851927122_5303149963866897106_n308589081_5281982621927145_2142114898868932417_n