काठमाडाैं,१५ असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगाेलसहित विभिन्न पार्टीका १ सय ५० बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले ललितपुरले शनिबार ललितपुरमा गरेकाे कार्यक्रममा डंगाेलसहित माओवादी र नेपाली कांग्रेसका १ सय ५० बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार माओवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं एमाले प्रवेश गर्नुभयो ।
गत स्थानीय तह चुनावमा ललितपुर महानगरपालिका वडा नम्बर- २० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन, वडा नम्बर-१६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य पनि एमालेमा प्रवेश गर्नुभयाे ।
कार्यक्रममा माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी, वडा कमिटी अध्यक्षहरूसहित ३० जना एमाले प्रवेश गर्नभयाे ।
नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरू नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य पनि एमालेमा प्रवेश गर्नुभयाे । उहाँहरूसँगै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका माओवादी केन्द्र तथा नेपाली काँग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभयाे ।



















